पाल्पाका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

डिसी नेपाल
१८ असार २०८१ १६:२४
160
Shares

पाल्पा। पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।

हङकङमा रहेका नेपालीले हङकङ मगर संघ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकमसहित लत्ताकपडा उपलब्ध गराएका हुन्।

गत वैशाखामा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो।

दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा आज नगद र लत्ताकपडा प्रदान गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *