खोलाले बगाउँदा एक महिलाको मृत्यु

डिसी नेपाल
१८ असार २०८१ २३:१७
60
Shares

दाङ। यहाँको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई आज खोलाले बगाउँदा मृत्यु भएको हो।

गुरुङको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन्। खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *