राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष उप्रेती पक्राउ
काठमाडौं। राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।
उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखमा एसएसपी वसन्त रजौरेले बताए।
आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ गरेको उनले बताए। करीब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि उक्त सहकारीलाई समस्याग्रस्त घोषित गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment