८ विधामा इञ्जिनियरहरूलाई पुरस्कृत गरिँदै,नेइएले माग्याे आवेदन

डिसी नेपाल
२१ असार २०८१ १३:१८
28
Shares

काठमाडौं। नेपाल इञ्जिनियर्स एसाेसियसनले इञ्जिनियर दिवसकाे अवसर पारेर ८ विधामा उत्कृष्ट इञ्जिनियरहरूलाई सम्मान एवं पुरस्कृत गर्ने भएकाे छ।

आफ्नाे विधाबाट देशका लागि याेगदान गर्ने इञ्जिनियरहरूकाे मूल्यांकनका लागि सम्मान तथा पुरस्कृत गर्न लागिएकाे एसाेसियसनका महासचिव रविभूषण झाले जानकारी दिए।

त्यसका लागि असार २५ गतेभित्र आफू वा आफूलाई उपयुक्त लागेकाे व्यक्तिकाे नाम सिफारिस गर्न एसाेसियसनले सार्वजनिक सूचना जारी गरेकाे छ। साउन ३ गते ६२ ओै इञ्जिनियर दिवसकाे समाराेहमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिनेछ।

पुरस्कार र सम्मानका लागि परेका आवेदनहरूमध्येबाट पुरस्कार तथा सम्मानका लागि निर्णायक समितिले नाम छनाैट गर्ने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *