नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२१ असार २०८१ १६:५१
20
Shares

काठमाडौं। सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूसँग जनही १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

आर्थिक वर्ष २०७७र७८ मा नवराजपर गाउँपालिका–२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए।

बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो।

उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भरपाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए।

सो कार्यमा उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल, वडा नं. २ का  तत्कालीन वडाध्यक्ष खुसिलाल साहको मिलेमतो देखिएपछि उनीहरूविरूद्ध पनि मुद्दा दायर गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *