अमेरिकामा सिसेक्पा तङ्नाम् मनाइयो

डिसी नेपाल
३१ असार २०८१ १०:४२
180
Shares

अमेरिका। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरिया वरपर बस्ने नेपालको भुमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले आफ्नो संस्कृति र पहिचानको संरक्षण र पुस्तान्तरणको निम्ति उनीहरुको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा मौलिक चाँड सिसेक्पा तङ्नाम् मनाएका छन्।

किराँत धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको विशेष महत्व रहेको पाइन्छ। यस पर्वमा एका बिहानै उठी बनपाखा गइ अररेको काँडा, हरकटोको पात, सिस्नुको पात, सिकेकफुंङ, काउलोको सेउली खोजी घरमा ल्याएर बाबियोको डोरीमा बाँधेर लामो माला जस्तो बनाई घरको मूल ढोका वा पुरै घरमा बेरी बाँधीदिने गरिन्छ। यसो गर्दा परापूर्बकालमा झैँ अहिले पनि दु:ख कष्ट, अनिकाल जाने र त्यस पछि राम्रो समय आउने, सबै लाई सुब्बे फाब्बे हुने जन बिश्वास लिम्बू समुदायमा रहेको पाइन्छ।

विश्वकै नामी शहर सनफ्रान्सिस्को नजिकै रहेको ब्रक्ली मारिनामा लिम्बू याक्थुङ्बाहरु भेला भै खेलिएको खेलहरुमा, छेलो हान्नेमा कमान वनेम, हण्डी फोर्नेमा मेनुका लिम्बु, कुर्सि चोर्नेमा उन्नति फोम्बो र तातो आलु खेलमा भिम मादेम्बाले सबै प्रतिस्पर्धीलाइ जितेर ट्रफी आफ्नो हात पारेका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा परम्परागत केलाङ् नाँच, हात समाउदै पालम गाउँदै नाँचिएको धान नाँच तथा लिम्बुहरुको मौलिक खाना याङबेनको स्वादिष्ट परिकार रहेको थियो।

उक्त सामाजिक कार्यक्रमको उद्घाटन पूर्व अञ्चलाधीश रितुवर्ण तुम्बाहाम्फेले गरेका थिए भने मन्तब्य रोशन सुब्बा लिबाङ, रेखदेख तुम्यांङ सुरेन्द्र फोम्बो, प्रत्यक्ष प्रसारण श्री गणेश वरूम्हाङ्र, रजिस्ट्रेसन बुथ (क्रिस्टी, रोशनी, तेज) र कार्यक्रमको संचालन टंक फोम्बो र उपाध्यक्ष श्री नबिन सुब्बाले गरेका थिए।

युनाइटेड किराँत राईका जोरबीर राई, नेवा समाजका डेकेन्द्र मास्के, तामाङको अपरेटिभका शेर लामा, मगर समाजका टिका पुन, तमु समाजका बिष्णु घले तथा समाजका अगुवाहरु देब किराँत, इश्वर सिटौला, गोबिन्द शाहीको उपस्थित रहेको उक्त कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष अतित लिम्बूद्वारा आगन्तुक कुल कुटुम्ब, पर पाहुना तथा इस्टमित्रलाई हार्दिक धन्यबाद दिँदै, कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सहयोगी हातलाइ सम्झँदै अर्को बर्ष पुन भेटौंला भन्दै कार्यक्रमको विधिवत समापन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.