मधेसमा मधुश्रावणीको रौनक,वैवाहिक जीवन जिउने पाठ सक्दै ब्रतालु

सुधा देव
१४ साउन २०८१ १२:५४
1.0k
Shares

सप्तरी। मिथिलाञ्चलका सीमित जातजातिका नव बिवाहिता महिलाले बिहीबारबाट मधुश्रावणी ब्रत गरेका छन्। साउन महिनाको मैना पञ्चमी तिथीदेखि शुरू हुने मधुश्रावणी ब्रत शुरू भएको छ।

देव,ब्राह्मण,कर्ण तथा सोनार जातको नव बिवाहिता महिलाले अखण्ड शौभाग्यवती,पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा ‘मधुश्रावणी’ पर्व मनाउने गरेेको राजविराज १६ वोरिया घर भएकी स्वास्थ्यकर्मी तथा ब्रतालुकी आमा विमला देवले जानकारी दिइन्।

मधुश्रावणी सुरु भएको दिनलाई मौना पञ्चमी तथा नागपञ्चमी समेत भन्ने गरिन्छ। मिथिला संस्कार र परम्परा अनुसार नव-विवाहित मैथिल महिलाहरुका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्व मध्ये एक हो। यो व्रत नागपञ्चमीको दिनदेखी श्रावण शुक्ल तृतीया तिथिसम्म मनाइने गरिन्छ।

पर्वको एक दिन पहिले नव-विवाहित महिलाहरुको ससुरालीबाट आएको नयाँ लुगा, नाग-नागिन, नाग नागिन पुजा गर्नका लागि फूल चढाउन र ब्रतालु महिलाका खानकालागि फल,चाना, चामल गौर गढेर पठाउने चलन रहेको झाको भनाइ रहेको छ।

ब्रतको अघिल्लो दिन ब्रतालु महिला विहानै नुहाई ध्वाा गरेपछि लसुन प्याज, माछा, मासु नुन बारेर अनिलो खान्छिन्। उनीहरूले आफ्ना ससुराली पक्षबाट आएको फलफुल खाने प्रचलन रहेको छ।

त्यसदिनलाई मैथिली भाषामा नहाईखाइ भन्ने चलन छ। व्रत भरि हरेक दिन नव-विवाहिता महिलाले साथीसंगीसंग साँझाको समयमा आफ्ना घर-आँगन तथा गाउँभरि रहेका फुल र फुलको झाडी, दुबो, पान, बेलको पात लगायतको तोडेर ल्याउने बेलुकामा ल्याएको फुल त्यसको भोलिपल्ट बिनी र देवी देवता लगायत शिव पार्वतीको गीत,कथा सुनेर त्यहि फुल चढाउँने गर्छन्।

मधुश्रावणी व्रतमा राजा दक्षका हरेक छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिव लगायत नाग-नागिनको समेत कथा सुन्ने चलन रहेको देवको भनाइ छ। धुश्रावणीको पहिलो दिन तथा मौना पञ्चमीको दिन माता मानसा देवीको पुजाका साथ-साथै माटोले बनाइएका नाग-नागिन र हातीको पुजा गरिन्छ।

नवविवाहिता महिलाहरुले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव-वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाउँदै आएका हुन्।

बर्षा ऋतुमा सर्पको भूमि (जमिन)मा आगमन हुने भएकोले उनीहरूको सम्मानका लागि नाग–नागिनको साथै शिव–पार्वतीको पूजा गर्ने चलन रहेको राजवि -२ कि ममता झाले बताइन् ।

नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रव्ततालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पका वंशको बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको छ ।

तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भन्छ । त्यसदिन फेरी ससुराली पक्षबाट ब्रतालु महिलाको लागि खाने देखी लिएर लगाउने लुगा समेत पठाउने गर्छन। ससुरालीबाट आएको नयाँ लुगा लगाई फलफुल चढाउने र खाने चलन रहेको छ ।

मिथिलाको चाडपर्व र संस्कृतिको बिशेष महत्त्व रहेको छ । ज्ञान र बिद्याको रूपमा परिचित थलो मिथिलमा महिलाको उच्च स्थान रहदै आएको छ ।

मिथिलाको पोखरीको माछा र मखान प्रसिद्ध थियोे । मिथिलाको चाँडपर्व बैज्ञानिक देखिन्छ । प्रत्येक चाडपर्वले कुनै न कुनै सन्देश दिएको छ । नेपाल र भारतमा मनाईने मधुश्रावणी पुजालाई कतै हरियाली तिज,श्रावणी द्वितीया भन्ने चलन रहेको छ ।

यस ब्रतमा चढाईने वेलपात,मानको पात, धानको लावा,गाईको दूध,फलफुल,खीर लगायत अधिकांश सामाग्री प्रकृति संग जोडिएकोले यश पर्वले प्रकृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने पाठ समेत सिकाएको छ ।

हिन्दु धर्मालम्बिहरूले गर्ने हरेक पुजामा पुरूष पुरोहितले पुजा गरेपनि यश पुजामा महिलाको मात्र सहभागिता रहने गरेकोले यश व्रतको आफ्नै महत्त्व र विशेषता रहेको साहित्यकार करूणा झा बताउँछन्

महिलाले पुजा गर्ने,कथा भन्ने,गीत गाउँने,फुल टिप्ने सबै महिला नै रहेकोले यश पर्वमा महिलालाईको पुरूषभन्दा अग्र स्थानमा रहेको सन्देश दिएको उनको भनाइ रहेको छ।

नव बिबाहिता ब्रतालु महिला नेहा देवका अनुसार यश ब्रतमा भनिने कथा र गीतले नवविवाहिता महिलाले आफ्नो बैबाहिक जीवनलाई कसरी सहजरूपले अगाडि बढाउने भन्ने सन्देश दिएको महशुस भएको छ ।

यो हाम्रो संस्कृति र रितिरिवाज भएको र विवाहको पहिलो वर्ष मात्र विधिवत मनाउने भएकोले यसको आनन्द सबैले नवविवाहिता महिलाले लिनुपर्ने उनको भनाई रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.