संविधान संशोधन गर्ने हो भने गणतन्त्रको अवधारणामा पुनर्विचार गरौंः कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गर्नुपर्ने बताएका छन्। पार्टीको काठमाडौं (२ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले दुई दलिय व्यवस्था कायम गर्नुपर्छ भन्नेहरू प्रजातन्त्र बिरोधी र निरंकुशताका पक्षधर भएको समेत आरोप लगाए।
समानुपातिक र समावेशी मान्यता कमजोर बनाउनु संविधानको भावना विपरित भएको भन्दै थापाले सम्भाबित सर्बसत्ताबादको विरुद्ध आम नागरिक सचेत हुनुपर्ने समय आएको समेत टिप्पणी गरे।
देश बचाउन र बनाउन राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने भन्दै थापाले पार्टीलाई स्थापित र निर्णायक शक्ति बनाउन उठाउन कस्सियर लाग्नुपर्नेमा जोड दिए। प्रशिक्षणमा डाक्टर बिष्णु भण्डारी, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई,राजाराम बर्तौला, बिश्नुगोपाल श्रेष्ठ ,उज्वल पोखरेल लगायतले बोलेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment