सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछः राजेन्द्र लिङदेन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन्।
उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको कम्पनि नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प्रश्न गरेका छन्।
अध्यक्ष लिङदेनले सरकार कामकुरो एकातिर कुम्लो बोकी थिमी तिर भने जस्तो गरिरहेको आरोप लगाए।
सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छुट दिएको आरोप लगाए। उनले यस विषयमा आउदा दिनमा आफूले विस्तृत रुपमा कुरा उठाउने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment