हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु
बारा। बाराको कोल्हबी नगरपालिका वडा नं. २ निवासी ६३ वर्षीय हस्त बहादुर ठोकरको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्ने क्रममा साँझ उनी मृत अवस्थामा फेला परेका थिए।
खोज्ने क्रममा ठोकर मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए।
मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जनाएको छ। केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती करेन्ट लागेर मृत अबस्थामा फेला परेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment