चीन भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

डिसी नेपाल
१५ मंसिर २०८१ १३:०१
176
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ गएकी मन्त्री राणा छेन्दुबाट नेपाल फर्किएकी हुन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

सो अवसरमा दुवै पक्षले सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने, बेल्ट एण्ड रोड इनिसिएटिभ अगाडि बढाउन र पारवहनको निर्माणलाई तीव्रता दिन दुवै पक्ष सहमत हुनुपर्नेमा जोड दिएका थिए।

भेटका अवसरमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो। राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *