आज सेयर कारोबार ४ अर्बमा झर्‍यो

डिसी नेपाल
२ पुष २०८१ १५:३३
56
Shares

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढे पनि सेयर कारोबार ४ अर्बमा खुम्चिएको छ। अघिल्लो कारोबार दिन सोमबार ५१.३७ अंकले घटेको नेप्से आज २.९५ अंकले बढेको हो।

नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम सोमबारको तुलनामा घटेको छ। आज ३१८ स्क्रिप्सको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएका छन्। सोमबार ५ अर्ब बढिको सेयर कारोबार भएको थियो।

आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० मात्र‍ प्रतिशतले बढ्यो। जानकी फाइनान्सको ९.८५ प्रतिशतले बढ्दा दोल्टी पावरको ९.०९,गुराँस लघुवित्त वित्तीय संस्थाको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको ६.९८ प्रतिशतले बढेको छ।

यसदिन कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ।

कारोबारमा आएका स्टक्समध्ये ११७ वटाको मूल्य बढ्दा ११७ वटाकै घट्यो। बाँकी १० स्टक्सको मूल्य स्थिर रह्यो। पाँच समूहको उपसूचक घट्दा अन्यको उपसूचक भने सकारात्मक देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *