रास्वपा केन्द्रीय संगठन विभागमा तीन जना थप, यस्ता छन् सचिवालय बैठकका निर्णय

डिसी नेपाल
१२ पुष २०८१ १९:१८
1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सचिवालय बैठकले केन्द्रीय संगठन विभागमा तीन जना सदस्य थपेको छ। आज बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थपेको हो।

जसमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन्।

यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।

साथै शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका छन्।
सो बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो।

यस्ता छन् रास्वापा बैठकका निर्णय

१. बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरियो।

२. केन्द्रीय विभाग तथा आयोगमा देहाय सदस्यहरु मनोनयन गर्ने निर्णय गरियो। (क) केन्द्रीय अनुशासन आयोग
अधिवक्ता श्री कमल प्रसाद पोखरेल, नवलपरासी
अधिवक्ता श्री हरिचन्द्र भट्टराई, ताप्लेजुङ
-ख) केन्द्रीय संगठन विभाग
श्री धर्म के.सी.,
लम्जुङ
श्री गोपाल घिमिरे, रुपन्देही
डा. विमल तिवारी, सिराह

३. पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *