राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ

डिसी नेपाल
१० माघ २०८१ १९:०३
104
Shares

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा गुरुङले संविधान संशोधनका बिषयमा प्रतिपक्षले अनावश्यक प्रचार गरेको भन्दै राष्ट्रिय सहमतिमा मात्र संशोधन हुने बताएका हुन्।

उनले कांग्रेस–एमालेले संशोधनका लागि एजेण्डा तयार गर्ने र त्यसलाई राष्ट्रिय छलफलमा लैजाने जानकारी दिए। उनले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न पुराना कानुनलाई अध्यादेश मार्फत संशोधन गर्न खोजेको बताए। मन्त्री गुरुङले अध्यादेशको विरोध गर्नुभन्दा पनि यसको विषयवस्तुमा ध्यान दिन आग्रह गरे।

सरकारले ल्याएको अध्यादेशको विभिन्न प्रतिपक्षी दलले विरोध गर्नुको कुनै अर्थ नभएको भन्दै उनले यसको निजी क्षेत्रले स्वागत गरेको बताए। सहकारी सम्बन्धी विधेयक ल्याएर सहकारीपीडितको समस्या समाधान गर्ने र बचतकर्ताहरुको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको पनि मन्त्री गुरुङको भनाइ छ।

सहकारी ठगीमा संलग्नहरुको कारवाहीका लागि सरकारले संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनको दिशामा लगेको पनि मन्त्री गुरुङले बताए।

उनले लामो समय अलपत्र परेको बुटवल–नारायण सडक खण्डले अहिलेको सरकार आएपछि गति लिएको भन्दै विकासका काममा सरकार द्रूत गतिमा अगाडि बढिरहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *