बैतडी जीप दुर्घटना अपडेट : दुईको मृत्यु, चार जना घाइते

डिसी नेपाल
१२ माघ २०८१ १२:११
332
Shares

बैतडी । बैतडीमा भएको जीप दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–१ माँडौमा शनिबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्।

सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *