सामुदायिक विद्यालयकाे स्तर सुधारका लागि गरेकाे पहलकाे परिणाम देखिन थालेकाे छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नाे निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयकाे स्तर सुधारका लागि गरेकाे प्रयासकाे परिणाम देखिन थालेकाे बताएका छन्।
साेमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयकाे ७७ ओैं वार्षिकाेत्सव समाराेहमा सम्बाेधन गर्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएकाे भन्दै खुशी व्यक्त गरे।
०६४ सालमा संविधानसभाकाे निर्वाचनबाट काठमाडौं १ मा निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको बताए।
` काठमाडौं १ मा पर्ने सबै सामुदायिक विद्यालयकाे स्तर सुधार्न तीनै तहकाे सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दाे काम गरेका छाैं। हाम्राे निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजी भन्दा कम छैन। राम्राे नतिजा सुन्न पाउँदा खुशी लागेकाे छ,´ उनले भने।
उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाए।
उनले गुणस्तर शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्राे गरिरहेकाे बताए। विद्यालयलाई अझ राम्राे बनाउन काठमाडौं १ बाट निर्वाचित संघ, प्रदेश र स्थानीय तशका जनप्रतिनिधिले मिलेर काम गरिरहेकाे पनि उनकाे भनाइ थियाे।







डिसी नेपाल







Facebook Comment