नवलपरासी पश्चिममा प्रहरीले गर्यो हवाई फायर, १५ जना घाइते
सांकेतिक तस्वीर
काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले उग्ररुप लिँदा स्थिति नियन्त्रण लिन प्रहरीले केही हवाई फायर गरेको छ।
सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएकोमा आज विहान सोही विषयलाई लिएर तनावको अवस्था सिर्जना भएको थियो।
बिहान करिव ९ बजे तिर झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जनाएको छ। झडपमा स्थानीय र प्रहरी गरी करिब १५ जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment