महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा

डिसी नेपाल
३ चैत २०८१ २२:४७
252
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनीलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।

सो घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् गोपाल सुनार, कान्छी श्रीमती मिरादेवी सुनार, छोरा अर्जुन सुनार र करन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.