कुलमान घिसिङ बर्खास्तीको विरोध गर्दै प्रतिपक्ष दलद्वारा संसद बैठक अवरूद्ध

डिसी नेपाल
१३ चैत २०८१ १२:०१
120
Shares

काठमाडौं।काठमाडाैं। कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कुलमानलाई हटाइएको भन्दै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। उनीहरुले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

माओवादी सांसद शक्ति बस्नेतले राष्ट्रको सेवामा लागेको कर्मचारीलाई सरकारले हटाएको भन्दै अपत्ति जनाए। उनले तत्काल कुलमानलाई हटाउने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे।

बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएको आरोप लगाए। घिसिङलाई हटाएको बिषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने उनले बताए।

बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। सभामुखले आग्रह गर्दा पनि बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि उनले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.