राजावादीको भण्डाफोर गर्न एमालेको देशव्यापी मोटरसाइकल र्‍याली

डिसी नेपाल
१८ चैत २०८१ १८:२८
384
Shares

काठमाडौं। नेकपा एमालले राजतन्त्रवादीको हर्कतविरुद्ध काठमाडौं लगाएत देशभर मोटरसाइकल र्‍याली निकालेको छ।

राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन भन्दै एमालेले काठमाडौं लगाएत देशभर मोटरसाइकल र्‍याली निकालेको हो। काठमाडौंको तीनकुनेबाट सुरु भएको र्‍यालीले विभिन्न स्थानको परिक्रमा गरेको थियो।

प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ भन्दै मोटरसाइकल र्‍यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्।

मोटरसाइकल र्‍यालीमा सहभागीहरुले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद लगाएतका नारा लगाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.