दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गर्छौं : मुख्यमन्त्री शाह

डिसी नेपाल
१८ चैत २०८१ १८:५७
108
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध विकास संस्थान सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल गरिने बताएका छन्।

आज यहाँ दुग्ध विकास संस्थान सञ्चालनका लागि जग्गाप्राप्ति कार्यदलका संयोजक गोपालदत्त भट्ट नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उनले संस्थान सञ्चालनका लागि प्राविधिक समस्या समाधान गरी प्रक्रिया अगाडि बढाउन सकिने बताए।

सम्बन्धित मन्त्रालयका मन्त्रीसँगको छलफलपश्चात् दुग्ध विकास संस्थान कहाँ स्थापना गर्ने भन्ने विषयमा छलफल गर्ने भन्दै मुख्यमन्त्री शाहले अन्य प्राविधिक समस्या भए ती कुरा सुल्झाएर मात्र अगाडि बढाउन लाग्ने बताए।

जग्गा प्राप्ति कार्यदलले दुग्ध विकास संस्थान, धनगढी, दुग्ध वितरण आयोजना अत्तरियालाई जग्गा प्राप्तिका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशनसहित पहल गरिदिन मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.