सभामुखलाई भेट्न रवि सिंहदरबारमा

डिसी नेपाल
१९ चैत २०८१ १०:५५
568
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन्।

अहिले सभामुख र रास्वपा नेताहरुबीच छलफल जारी छ। लामिछाने उपसभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियारसहित सभामुखलाई भेट्न सिंहदरबार पुगेका हुन्।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो। रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ।

सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.