टीकापुरमा हायस दुर्घटना
धनगढी । कैलालीको टीकापुरमा हाइस दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
टीकापुर नगरपालिका–१ लम्किपुलमा चालक लम्किचुहा नगपालिका–५ बस्ने नविन बुढा मगरले चलाएको भे १ ज १४४३ नम्बरको हायस दुर्घटना हुँदा दैलेखका कृष्णप्रसाद आचार्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइते आचार्यको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। हायस आफै अनियन्त्रित भएर दुर्घटना भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment