नेपाल उत्पीडित जातीय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल

डिसी नेपाल
३१ चैत २०८१ २०:४६
44
Shares

चितवन । नेपाल उत्पीडित जातिय मुक्ति समाज भरतपुरको अध्यक्षमा बाबुराम छिनाल चयन भएका छन्।

मुक्ति समाज भरतपुर महानगर कमिटीको सम्मेलनले छिनालको नेतृत्वमा सर्वसम्मतबाट २३ सदस्यीय महानगर कमिटी चयन गरेको हो।

अध्यक्ष मण्डलको अध्यक्ष श्याम लाल बिक र सदस्यहरू कृष्ण नेपाली, सहदेव लकान्द्री, मिन बहादुर परियार, भुवन नेपाली प्यासी, विजय बिक, टेकलाल बिक रहेका थिए। अध्यक्ष मण्डलले सर्वसम्मतबाट नयाँ कमिटी चयन गरेको नेकपा एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए।

सम्मेलन उद्घाटन सत्रमामा नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, मुक्ति समाजका केन्द्रीय नेता श्याम लाल बिक, मुक्ति समाज चितवनका अध्यक्ष मिन बहादुर परियारले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा मुक्ति समाजका केन्द्र, प्रदेश र जिल्ला नेताहरुका साथै नेकपा एमालेका प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो।

सम्मेलनको उद्घाटन सत्र गुन्जमान बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बाबुराम छिनाल र स्वागत मन्तव्य कर्ण सिंह बिकले राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.