‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ मा युवा पुस्ताको आकर्षण (भिडियो)

डिसी नेपाल
११ वैशाख २०८२ १३:४२
216
Shares

काठमाडौँ। काठमाडौंमा घुम्न जाने ठाउँको कमी छ। यो सुन्दर र शितल सहर आजकल कंक्रिटको सहरमा रुपान्तरित भएको छ। स्कुल विदा हुँदा आफ्ना बच्चालाई घुमाउन लैजाने ठाउँमा यहाँ अभाव छ। बच्चालाई कहाँ घुमाउन लैजाने भन्नेमा चिन्तामा हुनुहुन्छ भने अब चिन्ता लिनुपर्दैन।

किनभने ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ जारी छ। बच्चादेखि युवा युवतीसम्मलाई लक्षित गर्दै ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ जारी छ। यहाँ विभिन्न उमेर समूहका व्यक्तिलाई लक्षित गर्दै खेल, मनोरञ्जन तथा विभिन्न स्वादका परिकार एकै ठाउँमा राखिने व्यवस्था गरिएको छ।

एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ। समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो फिल आउने गरी फिस टनेल स्थापना गरिएको छ। सो टनेल नेपालमा पहिलो पटक ल्याइएको हो। समुद्रमा पाइने ६० देखि ८० प्रजातिका माछा एउटै टनेलमा हेर्न पाइने व्यवस्था मिलाइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए।

त्यस्तै, सुनामी राइड पनि नेपालमा पहिलो पटक परीक्षण गरिएको छ। सामुन्द्रिक सुनामीकै अनुभूति हुने गरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ। यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भीड थाम्न हम्मे परेको अर्का व्यवस्थापक दीपक दाहालले बताए। ‘काठमाडौँ उपत्यकामा पहिलो पटक सञ्चालनमा ल्याइएको छ । आशा छ, मन पराइन्छ।’ उनले भने।

एक्स्योमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिने छ। एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने छ । प्रवेश निःशुल्क मिलाइएको छ।

कला संस्कृति संरक्षण नेपाल मुख्य आयोजक रहेको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’लाई संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.ली.ले आयोजना गरेको हो। राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ। चिडियाखानासँगै रहेकाले यहाँ दुवैतर्फको मनरञ्जन लिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.