सरकार ढाल्ने खेलमा कांग्रेस लाग्दैन : गगन थापा

डिसी नेपाल
१५ वैशाख २०८२ १३:०९
320
Shares

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक उपलव्धीकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले असन्तुष्टि देखिएको बताएका छन्।

उनले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभइ उचित तवरले सम्बोधन गर्नुपर्ने जनाए। उनले आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केही कुरालाई सुधार गर्न सके यसलाई सहि दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे।

सोमबार पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले रिजल्ट देखिनेगरी काम गर्न सक्नुपर्ने पनि बताए।

महामन्त्री थापाले सरकारको सन्दर्भमा कांग्रेसको तर्फबाट भएको कमिटमेन्टमा आफूहरु पूर्ण प्रतिवद्ध रहेको बताए। सरकार ढाल्ने र बनाउने ‘पोलिटिकल एड्भेन्चर’ मा आफूहरु नलाग्ने उनकाे भनाइ थियाे।

‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं। कांग्रेस पार्टीको तर्फबाट हाम्रो कमिटमेन्ट छ। हामी तलमाथि, कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं। हामी यसलाई अगाडि बढाउँछौं। तर, यो समयको हामी प्रयोग गर्न चाहन्छौं। बस्नका लागिमात्रै सरकार भएर हुँदैन। सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.