जसपा बारा अध्यक्षमा रमेश कुमार यादव निर्वाचित

डिसी नेपाल
२२ वैशाख २०८२ १३:३७
80
Shares

काठमाडौ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल बाराको प्रथम जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट अध्यक्ष पदमा रमेश कुमार यादव प्यानल सहित निर्वाचित भएका छन् ।

सिद्धेश्वर उच्च माध्यमिक विधालय कलैयामा निर्वाचनको परिणाम अनुसार पचरौता नगरपालिकाका पूर्व मेयर समेत रहेका यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कुल मतदाता संख्या ४ सय ७९ रही ४ सय ७२ मत मात्र खसेकोमा रमेश कुमार यादवले २ सय ६९ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी धर्मवीर यादवले १ सय ७५ मत प्राप्त गरेका थिए।

यादवको अध्यक्षमा ५७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह , पुनम देवी कुशवहा , सचिवमा शम्भु कुमार गुप्ता , उप(सचिव सिकेन्द्र दास , नन्दन गुप्ता , कोषाध्यक्ष विनोद प्रसाद यादव निर्वाचित भएका छन् ।

गत १३ र १४ गते सुरुभएको जसपा बाराको प्रथम अधिवेशनलाई पार्टीका राष्ट्रिय उपाअध्यक्ष राजकिशोर यादवले उद्घाटन गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.