‘म्याराथन’ शैलीमा भाजपा नेता कोश्यारीको राजनीतिक भेटवार्ता

डिसी नेपाल
२६ वैशाख २०८२ १०:४१
632
Shares

काठमाडौं। आफ्नो देश पाकिस्तानसँग सशस्त्र संघर्षमा अल्झिरहेका बेला भारतको सत्ताधारी दलका नेताहरू भने पालैपालो नेपाल आएर नेपालका शीर्ष नेताहरूलाई भेट्न थालेका छन्।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथावाले नेपाल भ्रमण गरेर फर्केको एक साता नबित्दै भाजपा नेता भगतसिंह कोश्यारी यतिबेला नेपाल भ्रमणमा छन्। कोश्यारीले यतिबेला प्रमुख दलका शीर्ष नेतासँग पालैपालो भेटवार्ता गरिरहेका छन्। भेटमा उनले नेपाल भारत सम्बन्धलाई प्राथमिकतामा राखेर कुरा गरिरहेका छन्।

कोश्यायारीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रमेश लेखकसँग बिहीबार नै भेटवार्ता गरिसकेका छन्।
भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला कोश्यारीले सत्ता र विपक्षी नेताहरुलाई भेटेका हुन्।

नेपालसँगको खुला सीमाको आतंकवादीहरुले दुरुपयोग गर्न सक्ने भन्दै कोश्यारीले गृहमन्त्री लेखकसँग सुरक्षास्थितिका बारेमा संवाद गरेका थिए। यसअघि भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले नेपाल भ्रमणका क्रममा सबै जसो राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।

कोश्यारीले राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.