संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

डिसी नेपाल
४ जेठ २०८२ १३:१६
60
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद जनताहरुलाई ढाट्ने थलो रहेको बताएकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन्।

उनले भनिन्, ‘बाहिरबाट हेर्दाखेरी यो संसदको लोप लाग्थ्यो। तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाट्ने थलो पो रहेछ। यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ। यो जस्तो निरष्ठ ठाउँ त कहिँ पनि रहेनछ। यहाँ बोलिदो रहेछ तर बोलेका कुरा नसुनिदो रहेछ। यहाँ कुसीहरु खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रुपबाट ढाट्दो रहेछ।’

साथै उनले यो सरकार निरकुंश भैइरहेको बताइन्। उनले बन्नुपर्ने विषयहरुमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरु खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन्।

उनले भनिन्, ‘बन्नुपर्ने विषयहरुमा हामी छलफल गरिरहेका हुन्छौं तर यता मान्य ज्यूहरु खासखुस र मोवाइलमा गेम खेलिरहेको सिन देखिन्छ। यो सरकार निरकुंश भैइरहेको छ। बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन ? गणतन्त्रले दिएको यही हो नेपाली जनातालाई उपहार।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.