निर्माणाधीन पुलबाट खसेर एक युवकको मृत्यु

डिसी नेपाल
५ जेठ २०८२ १८:५७
284
Shares

घोडाघोडी (कैलाली)। निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका एक युवकको मृत्यु भएको छ। २७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रुपमा आएका थारु सात फिट तल खसेका थिए। अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए। सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ। आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.