विश्व पौडेललाई गभर्नर नियुक्त गर्न बाटो खुल्यो

डिसी नेपाल
६ जेठ २०८२ १७:११
824
Shares

काठमाडौं। विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने आदेशलाई सर्वोच्चले सदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासले सुनुवाई गर्दै उक्त आदेश सदर गरेकाे हाे।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए। तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो। सर्वोच्चले दरपीठ आदेशलाई सदर गरेसँगै पौडेललाई गभर्नर नियुक्तिको बाटो खुलेको छ।

अहिले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी गभर्नर सिफारिस समितिको बैठकले उनलाई गभर्नरमा सिफारिस गर्ने सक्ने बताइएको छ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका थिए।

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलले प्रा।डा। विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको छ। आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.