‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

डिसी नेपाल
७ जेठ २०८२ २०:२९
20
Shares

देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताएका छन्।

नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताए। ‘विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनुपर्छ। उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय होइन’, उनले भने।

उनले एमालेले विगतका हरेक संकटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित गरिसकेको दाबी गरे । पोखरेलले भने, ‘एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो। हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौँ।’

स्थानीय सरकाले गरेका राम्रा कामको प्रचार गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे जानकारी गराइएको थियो।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नगरस्तरीय विकास योजना प्रस्तुत गरेका थिए। कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.