व्यवस्थित योजना नहुँदा विपदको जोखिम बढेको गुनासो
काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारवाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल भएको छ।
विहीबार बसेको समितिको बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो।
सोही क्रममा समिति सदस्य गोपी बहादुर सार्की आछामीले यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश भएको बताएका छन्।
उनले भने, ‘यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश नै हो। मान्छेको महत्वकांक्ष, आवश्यकता पनि बढ्दै गएको छ। यसकारण मानिसले जुन तरिकाले अहिले विकास गरिरहेको छ, त्यो व्यवस्थित भइरहेको छैन्।’
यस्तै, उनले नेपाल सरकारको व्यवस्थित खालको योजना नभएको भन्दै भएका बस्तीहरु पनि सरकारको योजना अन्तरगत नपरेको बताए।
उनले भने, ‘अर्को भनेको व्यवस्थित खालको योजना पनि छैन्। जति पनि बस्तीहरु छन्। त्यो सरकारको योजना अन्तरगत छैन्। अहिले पहाडतिर पूर्वाधार पुगेको छ, स्कुल, कलेज, बाटो, खानेपानी सबै पुगेको छ। तर लाभग्राहीहरु भने पलायन भएर सहरतिर आएका छन्। यो पनि एउटा चुनौतीको रुपमा देखिएको छ।’







डिसी नेपाल








Facebook Comment