रोयल ग्लोबल क्विन र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सकियो

डिसी नेपाल
११ जेठ २०८२ १३:३७
244
Shares

काठमाडौँ। मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ।

शनिबार अपरान्ह काठमाडौ.मा सम्पन्न कार्यक्रमको मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपालमा १५ जना सहभागीहरुले आ-आफ्नो कला देखाएका थिए भने किड्स रनवे सिजन फोरका प्रतिस्पर्धीले पनि आफ्नो कला प्रस्तुत गरेका थिए।

स्वतन्त्र हिसाबले प्रतिस्पर्धीले आफ्नो रुची अनुसारको कला देखाउन पाइने यो ब्युटी पेजेट र फेसन शाको सबैभन्दा आकर्षक पक्ष रहेको आयोजक शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाहले जानकारी दिए।

प्रबन्ध निर्देशक शाहका अनुसार शनिबार सम्पन्न ट्यालेन्ट राउण्डका प्रतिस्पर्धीले सोचे भन्दा आर्कषक प्रस्तुती दिएका थिए। मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपालमा एलिना चौधरी, देविका घतानी, दीपा क्षेत्री, दुर्गा चन्द, जिविका दाहाल, मनिषा श्रेष्ठ, मेरिता पोखरेल, नोमी राई, प्राप्ती खड्का, रमा थापा, , रारिका बुढा, सृष्टि मानन्धर, सृजना राई, श्वेता बज्राचार्य र यना राई रहेका छन्।

त्यस्तै किड्स रनवे सिजन फोरमा मोनालिजा सुनुवार, शिवानीका यादव, श्रीयन्सी थपलिया, रिसब जंग कार्की, अंशु तिमल्सिना, नियाल्सा पाख्रिन, आरध्या खत्री, प्रस्मिता अर्याल, यूनिका श्रेष्ठ, शान्भी श्रेष्ठ, प्रशन्न अर्याल, रियान भण्डारी, गृष्मा पोखरेल, भाव्या चौहान र यासुमी तिमल्सिना रहेका छन्।

कार्यक्रममा प्रतिस्पर्धीहरुले आर्कषक प्रस्तुती दिएपछि निर्णायकहरु भीम बिसी, बिक्रम बुढाथोकी र नायिका तथा मोडल रक्षा बुढाथोकीले प्रतिस्पर्धीहरुको खुलेर तारिफ गरेका थिए।

मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ग्राण्ड फिनाले जेठको १८ गते काठमाडौँको नाचघरमा हुने शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.