नेपालको ऐन र कानुनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिँदैन : श्रममन्त्री भण्डारी

डिसी नेपाल
११ जेठ २०८२ २०:१५
184
Shares

काठमाडौं । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानुनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन्।

आइतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनै पनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार नदिएको भन्दै सिण्डिकेट गर्न नमिल्ने बताएका हुन्।

उनले भने, ‘मैले भनिरहेको छु नेपालको ऐन र कानुनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिँदैन। नेपालको मन्त्रालयले कुनै पनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार दिँदैन। वैदेशिक रोजगारमा काम गर्ने व्यवसायीहरुले नेपाल सरकारको अनुमति प्राप्त गरेपछि वैदेशिक रोजगारमा संसारभर जुनसुकै मुलुक काम गर्न पाउँछन्।’

उनले सिण्डिकेटको नाममा श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएको भन्दै अफवाह फैलाएको बताए। साथै, उनले वैदेशिक रोजगारमा सुधारका काम गर्दा यथास्थितिमा फाइदा उठाउन खोज्नेहरुको चित्त नबुझेको पनि बताए।

‘हामी धेरै कुरामा सुधार गरिरहेका छौं तर यथास्थितिमा फाइदा उठाउने तत्वहरूलाई चित्त बुझिरहेको छैन। उनीहरू नानाथरी कुरा गर्दै हिडिरहेका छन्। मलेसियामा सिण्डिकेट गरिएको छ, श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैयाँ खाएका छन् भनेर लेखिरहेको छ। म चोकमा खण्डन गर्दिन। नेपाल र मलेसियाको बिचमा नियमावली सम्झौता नविकरण हुन बाँकी छ। दुई पक्षीय सम्झौताकोबीच कारोबार हुन्छ। हामी मलेसियाको डेलिगेसन कुरेर बसिरहेका छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.