दरबार हत्याकाण्डको २४ वर्ष: ठूला दलहरु नै घट्नाको निष्पक्ष छानविन चाहदैनन् !

डिसी नेपाल
१९ जेठ २०८२ ८:२०
160
Shares

काठमाडौं । नारायणहिटी दरबार हत्या काण्ड भएको २४वर्ष पूरा भएको छ। हरेकमहिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा २०५८ जेठ १९ गते राति दरबारमा हत्या काण्ड भएको थियो।

राजदरबारको ‘अति सुरक्षित’ स्थलमातत्कालीन राजावीरेन्द्र, रानीऐश्वर्य, युवराज दीपेन्द्रलगायत परिवारका अन्य सदस्यको हत्या भएका थियो । उक्त घटनाबारे २४ बर्ष पुरा हुँदापनि सत्यतथ्यसार्वजनिकभएको छैन् ।

घटना पछिका हरेक सरकारहरुले दरबार हत्याकाण्डको रहस्यपत्ता लगाएरै छाड्ने आश्वासन दिंदै आएका छन् । दर्जन पटक सरकार परिवर्तन हुँदा पनि आज सम्म घटना रहस्यकै गर्भमा छ ।

राजावीरेन्द्रको वंशनाश हुने गरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोक मग्न हुन्छन् । घट्नाको स्मरण गर्दा आम सर्वसाधरणहरु भावुक हुने गर्छन् ।

सुर्खेतमा सुर्य बहादुर सिंह नेपालको इतिहासका लागि जेष्ठ १९ गते नेपाली जनताको लागि कालो दिन रहेको बताउँछन् ।कोही पनि नेपाली यस दिनलाई कहिल्यै विर्सन नसकिने बताएका छन् । राजसंस्थाको सन्दर्भमा कुरा गर्दा विश्वभर शिर ठाडो गरि हिड्नसक्ने अवस्था रहेको भएपनि हत्या काण्डका बारेमा सत्यतथ्य एवम निष्पक्ष छानविन नहुनु दुःखद भएको उनको भनाइछ ।

उनले भने ‘नेपालको इतिहासको लागि जेष्ठ १९ गते नेपालीजनताको लागि कालो दिनहो । जनताले यस दिनलाई कहिल्यै विर्सन सक्दैनन् ।नेपालमा गणतन्त्र आएको १७ बर्ष हुँदा पनि राजाको स्थान नहुनु दुखद हो ।’

त्यस्तै दाङका सुशिल लामिछानेले राजाको शासन खुलेर बोल्न पाएको तर अहिले गणतन्त्रको शासनमा सबैभन्दा धेरै भ्रष्ट्राचार बढिरहेको बताए । उनले ‘राजाको शासनखुलेर बोल्न पाइन्थ्यो ।गणतन्त्रको शासनमा सबैभन्दा धेरै भ्रष्ट्राचार बढि रहेको छ ।आफ्ना नाता गोतालाई बढी प्रथामिकता दिएका कारण अवस्था विग्रिएको छ ।’

तर तनहुँका भगिरथ घिमिरे गणतन्त्रवादीहरुले नै राजदरबार हत्या काण्डका बारेमा छानविन हुन नदिएको आरोप लगाउँछन् । घट्ना भएकै दिन नयाँ राजालाई नारायणहिटी भित्र्याउने योजनालाई दलहरुले रोकेको उजी जिकिर गर्छन् । अब आन्दोलनबाटै राजालाई नारायणहिटी भित्र्याउने उनको योजना छ ।

सुर्खेतका मानबहादुर खरेलले पनि राष्ट्रभक्तहरुले जेठ १९ लाई कालो दिनको रुपमा लिइरहेको बताए ।तीन ठूला राजनीतिक दलहरु मिलेर जनताको राम्रो व्यवस्थालाई झुलाइ रहेको समेत आरोप लगाए । त्यस्तै सुर्खेतकै अर्का पदम राज जोशीले एमाले र कांग्रेस मिलेर जेष्ठ १९ गतेको घटना घटाइएको आरोप लगाएका छन् । उनले विश्वमा नेपाली जनता चिनाउन राजा नै चाहिने बताए ।

‘नेपालका राजनीतिकदलहरु विषेशगरी एमाले र कांग्रेस मिलेर जेष्ठ १९ गतेको घटना घटाइएको हो । राष्ट्र र राष्ट्रियताको लागि राजा नै सर्वस्व हुनु हुन्थ्यो । विश्वमा नेपाली जनता चिनाउन राजा नै चाहिन्छ । भ्रष्टचारीले देश बेचिसकेकाले मृत्युदण्डको व्यवस्था मिलाउन राजा आवश्यक रहेको छ’ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.