‘इदले नेपालीबीच सामाजिक एकता र सद्भाव विकास गर्न योगदान पुग्छ’

डिसी नेपाल
२४ जेठ २०८२ ७:५५

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बकर ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन्।

शनिबार बकर ईदको अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि हरेक पर्व राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए।

उनले बकर ईद (ईद-उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

उनले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका छन्।  हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ। मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन्।’

उनले आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सबै नेपालीबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.