राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

डिसी नेपाल
२५ जेठ २०८२ १३:२०
5.5k
Shares

काठमाडौं । कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबे टर्बेलाई बोगोटामा चुनावी र्‍यालीका क्रममा एक व्यक्तिले गोली हानेर हत्या गरेका छन्।

मिगुएलमाथि तीन गोली प्रहार गरिएको र दुई गोली उनको टाउकोमा लागेको बताइएको छ।

शनिबार बोगोटाको एक पार्कमा मानिसहरूलाई सम्बोधन गर्ने क्रममा ३९ वर्षीय मिगुएल उरिबे टर्बेमाथि आक्रमण भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले घटनास्थलबाट १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

फोनमा रेकर्ड गरिएको फुटेजमा उनी भाषण दिइरहेका बेला गोली हानेको देखियो। यसपछि त्यहाँ अराजकता मच्चियो।

समाचार एजेन्सी एएफपीले प्यारामेडिक्सलाई उद्धृत गर्दै मिगुएलको टाउकोमा दुई पटक र घुँडामा एक पटक गोली लागेको बताएको छ।

मिगुएलकी श्रीमती मारिया क्लाउडियाले मानिसहरूलाई उनको लागि प्रार्थना गर्न अपील गरेकी छिन्।

उनको पार्टी, सेन्ट्रो डेमोक्र्याटिकोले आक्रमणको निन्दा गर्दै यो “एक राजनीतिज्ञ, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रताको लागि ठूलो खतरा” भएको बताएको छ।

कोलम्बियाली सरकारले आक्रमणको निन्दा गर्दै भन्यो, “यो केवल एक व्यक्तिमाथिको आक्रमण मात्र होइन, लोकतन्त्रमाथिको आक्रमण हो।”

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो आक्रमणलाई लोकतन्त्रमाथिको प्रत्यक्ष आक्रमणको रूपमा वर्णन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.