चार जनाको शव फेला

डिसी नेपाल
२५ जेठ २०८२ २२:१०
2.7k
Shares

काठमाडौं । देशका विभिन्न स्थानका चार जनाको शव फेला परेको छ।

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित बुलौसी सामुदायिक वनको भीरमा सोही ठाउँ बस्ने ५८ वर्षीय अग्निधर अधिकारी आइतबार मृत अवस्थामा फेला परेका छन्।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका-९ सेरास्थित ठुली आमाकी घरमा बस्दै आएकी शारदा नगरपालिका-९ नेपाने घर भएका कृष्ण बहादुर थापाकी छोरी १० वर्षीया रितु थापा उनकै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन्।

डोटीको सायल गाउँपालिका-६ दल्लेख बस्ने ४१ वर्षीय सुवास दमाई सोही ठाउँस्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको ग्रामथान गाउँपालिका-७ मन्दिर टोल बस्ने ८९ वर्षीया तिलमाया खड्का सोही गाउँपालिका-६ स्थित रामजानकी मन्दिर नजिक रहेको सुनसरी मोरङ सिंचाई परियोजनाको नहरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.