विश्व भूराजनीति र नेपालका चुनौती

विश्व भूराजनीति अवस्थिति हेर्दा नेपालको स्थान विशिष्ट रहोके छ। दुई ठूला शक्तिशाली मुलुकबीचमा रहेको नेपाल भूराजनीतिको हिसाबले हेर्ने हो भने यो एकदमै अप्ठ्यारो स्थितिमा दुई ढुंगाबीच रहेको एक तरुल जस्तै रहेको छ।
अझ बिगत हो भने हेर्ने भने करीब ५७ वटा टुक्रे राज्यहरुले राज्य गरिरहेको अवस्था थियो। यो सबै भुरे राज्यहरुलार्ई एकत्रित गरी नेपाल अधिराज्यको निर्माण गरी नेपाललार्ई एक सिंगो देशको रुपमा चिनाउने काम श्री ५ बडामहारजाधिराज पृथ्वीनारायण शाह नै हुन् जसले आफ्नो सारा अमूल्य जीवन युद्ध गर्नमै समर्पण गरे।
यो देश त्यसताका भारतको पश्चिम किल्ला काँगडा र सतलजसम्म फैलेको थियो। पछि अंग्रेजको युद्धमा गुम्न गइ सन् १९५० को सन्धिले नेपाललार्ई पूर्वमा मेची र पश्चिममा महाकालीको आकाससम्ममात्र अधिनस्थ भइ खुम्चिन पुग्यो।
यो देश भूराजनीतिक हिसाबले हेर्ने हो भने दुई ठूला देशहरुबीच रहेको दुई ढुंगा बीचको तरुल झैं भएपनि सताब्दियौंदेखि कहिल्यै कसैको पराधिन भई बस्नु परेन र सधैं आफ्नो स्वाधिनातामा आजसम्म संसारको अगाडि रहन सफल भएको छ। यो नै हाम्रो लागि ठूलो गौरबको कुरा हो।
नेपाल भूपरिबेष्ठित भएपनि न चीनले आँखा लगाउन सक्यो, न भारतले यसमाथि गिद्दे नजर लाएपनि यसमाथि यसले धावा कस्न नै सक्यो। किनकि त्योबेला देशका राजाहरु र अन्य वीर योद्धाहरु, प्रधानमन्त्रीहरुले अनेक परराष्ट्र नीतिहरु अपनाइ देशलार्ई बचाइ राष्ट्रको सुरक्षा गरी आजको नेपाललार्ई भौगोलिक हिसाबले नेपाल नै कायम गराउन सफल भएका थिए।
फेरि त्यतिबेला विश्वको राजनीति र अर्थनीतिपनि त्यत्ति बिकसित भएको थिएन। यस्तो भूराजनैतिक चपेटामा पर्दा पर्दै फेरि पृथ्वीनारायण शाह जस्ता बीर र योद्धा राजाको जन्म र उदय हुनु साच्चैमा एउटा देशको लागि ईश्वरको बरदान नै मान्न सकिन्छ। त्यति खेर भारतमा अंग्रेजी शासनको दबदबा चलेको बेला यो गोर्खालीको बीरता देखेर उनीहरु आफैं तर्सिएका थिए।
दूरदृष्टि भएका पृथ्वीनारायण शाहलार्ई नेपालको भूराजनीतिक स्थितिको राम्रो ज्ञान थियो। त्यसै कारणले उनले झटपट नेपाल एकीकरण गर्न पट्टी आफ्नो सारा जीवनलार्ई आहुति दिए। त्यसै कारणले त भन्ने गर्छन्, “नेपाल सानो दुःखले आर्ज्याको मुलुक होइन, यो ठूलो बलीदान र अथक परिश्रमले आज्र्याको भूमी हो’। पृथ्वीनारायण शाहले त्यतिखेरे भन्ने गर्थे ‘उत्तरका चीनलार्ई नचलाउनु र दक्षिणको भारतसित सधैं सजक र सतर्कता
अपनाउनु’।
यो दिव्य सन्देश आजको समयमापनि अजर, अमर र स्मरणीय रहेको छ। समय बित्दै जाँदा नेपालमा बाह्य आक्रमण थोरै हुन गएपनि त्यसले कुनै असर गरेन। छिटफुट युद्ध हुनु भनेको गोर्खालीको अगाडि खास केही होइन।
तर आन्तरिक कलह र शक्ति हडप्ने चाल र कुचालले आखिर बि.स.१९०३ मा बीर योद्धा जंगबहादुरलार्ई जन्मायो र कोत पर्वपछि सारा राज्यको शक्ति उनको हातमा परी उनले सम्पूर्ण राज्य शक्ति आफ्नै राणा परिवारमा निहीत हुने गरी १०४ बर्षसम्म अकन्टक राज्यको शासन चलाए।
उनको पालामा अंग्रेजसँगको मित्रता बलियो थियो। विभिन्न सहयोगहरु बेला बेलामा प्रदान गर्ने गर्थे र यसै मित्रताको शृंखलामा उनले दार्जेलिङको सुखा पहाड दिइ तराईको उर्बर भूमि नेपालगन्ज, बाँके, बर्दिया, कैलाली, कंचनपुर हात पारी नेपालको सिमानामा मिलाउन सफल भएका थिए।
किनकि भूराजनीति उनले पनि बुझेका थिए। सम्बन्ध सुमधुर गर्नुको साथै आफ्नो सुख भोगको अभिष्ट पुर्याउन उनले त्यो बेलामा नै बेलाईत देशको यात्रा गरेका थिए। यो परराष्ट «नीतिको अनुपम सौन्दर्य हो।
राष्ट्रिय सुरक्षाको दृष्टिकोणले उनको यो यात्रा बास्तवमा बेलाईत कति शक्तिशाली छ, नभए भारतमा राज गरी रहेका अंग्रेजलार्ई हमला गरी हात पार्न सकिन्छ कि भन्ने उनको भित्री विचार थियो।
यो कुरा उनले सबैको अगाडि गुमराहमा पारेका थिए। नेपालदेखि बेलाईत धेरै टाढा भएपनि राष्ट्रिय स्वार्थको निम्ति उनी लगभग चार महिना १५ दिन लगाइ बेलाईतकी माहारानीको निम्तोमा काठमाडौंबाट कलकत्ता-छिनापट्टनम-श्रीलंका-यमन-इजिप्ट हुँदै स्वेज क्यानल पार गर्दै माल्टा–जिब्राल्टर र साउथ हेम्पटन हुँदै लन्डन पुगेका थिए।
लण्डनमा उनको भब्य स्वागत भयो र सारा बेलाईतीहरु उनको ठाँटदेखि छक्क परेका थिए। यसरी उनले नेपालको शान, मान र मर्दनलार्ई त्यो बेलाको विश्व सम्राटको देशलार्ई चकित पारेर देश फर्केका थिए।
पछि २००७ सालमा जब भारतको सम्पूर्ण साथ र सहयोग नेपालका तात्कालीन नेताहरुको अथक परिश्रमले नेपालमा राणा शासन फालेर प्रजातन्त्रको आगमन भयो। देशमा शासन त उल्टियो र प्रजातान्त्रिक शासन पद्धति लागू भयो। तर फेरि मोहन शमशेरलाई नै प्रधानमन्त्री बनाएपछि फेरि बिद्रोह भइ देशमा जनताको तर्फबाट कांग्रेसका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने।
तर उनी पूर्णतया भारतमुखी भएकाले भारतकै इशारामा देशको शासन चलाउन थाले। प्रजातन्त्र आउना साथै देशको भूराजनीतिलाई वास्ता नगरी भारतले जे इशारा गर्यो त्यसैको लहैलहैमा लागि झन्डै भारतको पल्टुराम बनी शासन चलाउन पुगे।
उनी दुई चोटी प्रधानमन्त्री हुँदा पनि देशले खासै उन्नति गर्न सकेन। त्यसपछि टंकप्रसाद आचार्य, डा.के आई.सिंह, सुबर्ण शमशेर, बिपी.कोइराला नेपालका प्रधानमन्त्री बने।
त्यसपछि राजा महेन्द्रले शक्ति आफ्नो हातमा लिएपछि तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि बिस्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टाराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली, देशका प्रधानमन्त्री बनेका थिए।
यी प्रधानमन्त्रीहरुमा सबै भन्दा बढी प्रधानमन्त्री हुनेमा सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा नै हुन्। राजा महेन्द्र र राजा वीरेन्द्रको कार्यकालसम्म नेपालको आन्तरिक र बाह्य राजनीति र कुटनीति ठिक थियो।
संसारले प्रिय मानी आएका थिए। तर जब देशमा ०६२-०६३ मा लोकतन्त्र र गणतन्त्र र धर्म निरपेक्षताको आगमन भयो, त्यति बेला विश्वको भूराजनीति र भुमण्डलिकरणमा ब्यापक उतार चढाब आएको थियो।
तर भारतले नेपालमा भर्खर भर्खर आएको लोकतन्त्र र लोभ र शक्तिको भोगी नेताहरुको चाल बुझ्यो त्यो बेलादेखि नेपालको राजनीतिलार्ई कसरी गिजोल्नु पर्छ त्यो जाल उनीहरुले बुन्दै गए र अनेक बार्गेनिङ गरी देशको सारा नदीनाला आफ्नो पोल्टोमा पार्न सफल भयो।
जंगलका अनेक रुख कटान गरी काठ तस्करीको काम भयो। खुल्ला सिमाना हुँदा कालो बजारी बढ्दै गयो। राजा महेन्द्र र वीरेन्द्रको पालामा नेपालको मान सम्मान र इज्जÞत बेग्लै थियो। तर लोकतन्त्रको आगमनपछि नेपालले बिस्तारै आफ्नो साख अन्तर्राष्ट्रिय जगतमा गुमाउँदै गयो।
अन्तर कलहपनि चुलिँदै गयो। बिस्तारै राजनैतिक शक्तिको तारो नेपाललार्ई बनाई यो देशमा अमेरिका, युरोपियन युनियनका शक्तिहरु भित्रिए। यो सबै रबैया देखेर चीनलेपनि नजर लगाउन थाल्यो। हुँदा हुँदा रुसपनि यहाँ अगाडि बढी सकेको छ।
तर यस्तो नेपालको अबस्थालाई बुझ्ने खुबी भएका नेताहरु यहाँ कोहीपनि छैनन्। अन्तर्राष्ट्रिय भूराजनीति र भूमण्डलीकरणको चासो राख्ने र त्यो बिषयमा राम्रो ज्ञान भएका नेताहरु नेपालमा कोही पनि छैनन् र कुनै बिदेशी राष्ट्रसँग यस मामिलामा दह्रोसँग कुरा राख्ने र पोख्ने दक्ष नेताको अभावमा आज यो देश गुज्रिरहेको छ। आजको भूराजनीतिक परिस्थितिलार्ई बुझी आफ्ना कुराहरु राख्ने खुबी भएका राजदूतहरु कुनै छैनन्। खाली कार्यकाल बिताउने र फर्किने मात्र भएको छ।
धेरै जसो राजदूतहरु पार्टीका भएकाले राम्रो व्यक्तिले त्यो पद पाउन सक्तैनन् र फलस्वरुप नेपालको परराष्ट्रनीति एकदम कमजोर अवस्थामा गुज्रिरहेको छ। देश भित्रको राजनीति हेर्ने हो भने लोकतन्त्र आएपछि ८ वर्ष त संबिधान बनाउन समय ब्यतित गरे।
तर बनेको २०७२को संविधानलार्ई न भारतले मान्यो न देश भित्रकै बिभिन्न पार्टीहरुले, न बुद्धिजीबीले न त संबिधानविदले नै स्विकारे। नेपालको ३० बर्षको कार्यकाल राजनीतिक खेल र सत्ता लुछा चुँडीमै व्यर्थ व्यतित भयो।
यो ३० बर्षलार्ई समाती नेपालले विश्व राजनीति र भूमण्डलीकरणलाई नेपालले हर क्षेत्रमा छिमेकी मुलुक भारत र चीनको सिको गरी शिक्षा, स्वास्थ, रोजगारी, विज्ञानको प्रगति र प्रबिधिको उन्नति गरी दिएको भए आज नेपाल हर क्षेत्रमा सवल रहने थियो।
आज देश हर क्षेत्रमा कमजोर भएको छ। लोकतन्त्र नेपालमा पसेपछि नेपाल झन् भूराजनैतिक भूमण्डलीकरणको चपेटामा नराम्ररी फस्न पुग्यो।
किनकि यसलार्ई बुझी, मनन गरी राष्ट्रको भौगोलिक सुरक्षा मजबुत बनाउने, राजनैतिक स्थिरता कायम गर्ने, देशमा कलकारखाना खोल्दै लैजाने, बिज्ञान प्रविधिको बिकास गर्ने, शिक्षाको गुणस्तरमा सुधार गर्ने स्वास्थको क्षेत्रमा हस्पिटलहरु खोल्दै लैजाने, कृषिमा उत्पादन प्रशस्त बढाइ निर्यात गर्न सक्ने खुबीको विकास गर्ने काम, जलश्रोतको धनी देश यसमा आत्मनिर्भर बन्ने र पर्यटकीय हिसाबले संसारका मानिसहरुलार्ई आकर्षित गराउने र जनताको आर्थिक र शैक्षिक जीवन स्तरको वृद्धि गर्ने काम यहाँ आजसम्मपनि भएन।
उल्टो राष्ट्र ऋणको भार झन् झन् बढ्नु ,जनताको जीबनस्तर झन्झन् खस्किँदै जानु, बजार बन्द, ब्यापार सुक्दै जानु, रोजगारीको लागि सारा युवाहरु विदेश पलायन हुनु, देशमा राजनैतिक, आर्थिक, धार्मिक र सामाजिक असुरक्षा बढ्दै जानु र यही कमजोरीको फाइदा उठाउन ठूला ठूला देशका सेता हात्तीहरु बिभिन्न बहानामा आज हाम्रो देशलाई घेरा हाली बसेका छन् र सबैको लागि एक शक्ति केन्द्रको तारो बनिरहेको छ। आजको नेपालमा बिभिन्न बिदेशी राष्ट्रहरुले आँखा लगाउनु भनेको राम्रो सूचक होइन।
कुनै क्षेत्रमा पनि सक्षम नभएको यो देशले आजको शक्तिको होडबाजीमा अरुसँग कसरी भिड्ने र प्रतिस्पर्धा गर्ने? यो लोकतन्त्र आएको ३० बर्षमा आजका सम्पूर्ण नेताहरुले छिमेकी देश चीन र भारतले गरिरहेको द्रूततर बिकासको पाठ के सिके? खाली नेपाली जनतालार्ई लोकतन्त्रको मिठो स्वाद चखाउन सफल भए।
यो ३० बर्षमा चीनले यान्त्रिक चन्द्र र सूर्यको निर्माण गरिसक्यो, जसको तापक्रम उदाउने स्रूर्यको भन्दा ५ गुणा बढी हुने र यसैबाट नै अबको ३० बर्षभित्र सम्पूर्ण यातायात चलाउने योजना लिएर बसेका छन् र चन्द्रमामा आलु र कपास खेती गर्नेसमेतको भावी योजना कोरी बसेका छन् भने भारतलेपनि यस्तै हिसाबले आफ्नो बिकास गरिरहेको छ।
तर यस्तो झिलिमिली सहरहरुको बीचमा रही आएको यो देशको गति भने सधैं जस्ताको तस्तै किन छ? किन बिकासको सोच सम्पूर्ण नेताहरुमा आएन? यसको मुल कारण यिनीहरुमा सिप कला, ज्ञान र योग्यता कुनै पनि छैन।
यसको सट्टामा यी सब नेताहरु सिर्फ स्वार्थ, लोभ, मोह, सत्ता लिप्टता र अकुत सम्पत्ति कमाई आफ्नो ४ पुस्तालाई पुग्ने गरी भ्रष्टाचार गरी सम्पत्ति जोड्ने आदि काममा नै यिनीहरुको ३० बर्स बितेको देखिन्छ। विश्वको राजनीति, अर्थनीति, ब्यापारनीति, युद्धनीति, समाजको बदलिँदो यस्तो परिवेसलाई यो देशले पछिल्ला वर्षहरुमा कसरी सामना गर्दै लैजाने हो, यो आज ठूलो चुनौतीको बिषय बनेको छ।
यो ३० बर्षमा भ्रष्टाचार हटाउने डंका पिटी सयौं भ्रस्टाचार आफैं गर्ने र अरु थुप्रै भ्रष्टाचार गर्नमात्र प्रेरित भई सधैं सत्तामै टाँसी रहन मन पराउने प्रबृत्ति भएका नेताहरुबाट अब जनताले र बिदेशी सरकारले कुनै आशा र भरोसा राखेका छैनन्।
यो ३० वर्षमा नेपालमा जे जति काम भए त्यो सबै कर्मकाण्डीमात्र हुन गएको देखिन्छ। सारा समय उद्घाटन गर्नमै र राजनीतिक कलह मिलाउनमै र हरेक दिन मिटिङ सभा र सम्मेलनमै समय बितेको देखिन्छ।
यो सबै सेरोफेरो र विश्व राजनीति र भूमण्डलीकरणको सामना गर्न आज हाम्रा देशका नेताहरु तथा शासकले सक्तैनन् र यसको सट्टामा नयाँ पिँढीका संसार बुझेका नव युवक र युवतीहरुको खाँचो छ जसको जोस र जाँगरले नेपालमा फेरिराज नेता पृथ्वीनारायण शाह, महेन्द्र शाह, र वीरेन्द्र शाह, बिपी कोइराला, मदन भण्डारी र बालेन शाह जस्ता कर्मठ व्यक्तित्वको जन्म होस् जसले भविष्यमा गर्ने बिकासको रुपरेखा कोर्न सकोस्।
विश्व राजनीति र भूमण्डलीकरणमा आउने चुनौतीको बुद्धिमत्ता पूर्ण तरिकाले सामना गर्न सकोस् र देश नेपालको राष्ट्रिय सुरक्षा, उत्तरोत्तर प्रगति र बिकास भै रहोस् र संसारका अगाडि हामीपनि ठाडो शिर लिएर बाच्न सकौं।
Facebook Comment