ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
रौतहट । रौतहटको हुसेनी चोक नजिकमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
खेतबाट सडकमा निकाल्ने क्रममा ना४त २०६८ नं. को ट्रयाक्टर अगाडिको भाग उठेर पल्टिएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको ट्रयाक्टर अनियंत्रित भइ हुसेनी चोक र आकरपाथरको भित्री सडकखण्डमा दुर्घटना भएको रौतहट प्रहरीले जानकारी दिएको हो।
वृन्दावन नगरपालिका–७ स्थितमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा २४ वर्षीय चालक नजामोदिन मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए।
उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका मन्सुरीलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगिएको थियो।
चन्द्रपुर अस्पतालमा उपचारका क्रममा चालक मन्सुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए। यस घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।







डिसी नेपाल








Facebook Comment