राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ।
बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरुप र तयारीबारे पार्टीको कार्ययोजना, भूमिका र धारणा बारेमा छलफल हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने बताइएको छ।
बर्षादको सिजन भएकोले पार्टीले कार्यकर्ता भेला, प्रशिक्षण र गोष्ठी संचालन गर्ने बारेमा समेत टुंगो लगाइने बर्तौलाले बताए। बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आन्दोलनको आबश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाको बारेमा धारणा राख्ने त्यसमा छलफल हुने कार्यसूची रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment