मंगलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

डिसी नेपाल
१ असार २०८२ २२:१७
20
Shares

अछाम । अछामको मंगलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ। मंगलसेन बजारभित्रको सबै फोहोर मध्यपहाडी राजमार्गअन्तर्गत ठूलासैन–मङ्गलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो।

मंगलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियो। नागरिकलाई असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ।

पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ। बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जंगलको सडक छेउछाउमा थुपारिएको छ। घरबाट निस्कने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, ब्वायलर कखुराको भुत्ला, मदिराका बोतलहरु लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ।

यसरी जताभावी फोहोर फालिँदा जङ्गल नै कुरुप मात्र होइन, स्वास्थ्यको जोखिम बढेको स्थानीयले बताएका छन्। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन् सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ ।

फोहोर हटाउन र त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरी पटकपटक नगरपालिकालाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद ढुंगानाले बताए। करिब एक वर्षदेखि फोहोर त्यहाँ फाल्ने गरेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.