ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा निधन

डिसी नेपाल
३ असार २०८२ १६:५८
116
Shares

दार्चुला । यहाँको महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ।

आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुंगा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए।

स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पु-याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *