लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो

डिसी नेपाल
५ असार २०८२ १३:२६
12
Shares

मोरङ । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ।

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जातो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।

उक्त जातो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जातोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।

लेटाङ वडा नम्बर ९ का वडाध्यक्ष नन्द किसोर दाहालका अनुसार गाउँघरमा कहिल्यै छुट्न नहुने जाँतो अहिले इतिहास बन्दै गएको छ। यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुबैलाई सघाउने उद्देश्य रहेको उनको भनाइ छ।

जाँतोबाट नामाकरण भएको जाँते क्षेत्रमा रहेको यो जाँतो ग्रामिण संस्कृति र पहिचानको प्रतीक बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.