भिजिट भिसा प्रकरणमा माओवादी बाहेकका दलसँग सहमति आवश्यक छैन : एमाले

डिसी नेपाल
६ असार २०८२ १४:२७
500
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसंग सहमति भइसकेकाले अन्य दलसंग सहमति गर्नु आवश्यक नरहेको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन्। उनले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे।

संसदीय प्रणालीमा मुख्य विपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उनले बताए।

त्यस्तै बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा निलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खाजेको जिकिर गरे।

संसदीय पद्धतीलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ। उनले रास्वपाका सांसदहरुको शैलीले स्वयं रास्वपालाई निल्ने तर्क गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.