डोटी जीप दुर्घटना अपडेट : गर्भवतीसहित तीन जनाको मृत्यु, सबैको सनाखत

डिसी नेपाल
६ असार २०८२ १७:०२

धनगढी । डोटीको आदर्श गाउँपालिका–१ मौवामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएका पाँच जनाको उपचार जारी रहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार सायल गाउँपालिका-४ सुण्डकी ४१ वर्षीया हरुदेवी विक र आदर्श गाउँपालिका-७ दडिमानाका २७ वर्षीय सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको हो। कार्की जीप चालक हुन्।

सायल गाउँपालिका-६ कटुवालकी ३५ वर्षीया काली कटुवालको उपचारका क्रममा मृत्यु भएको छ। गर्भवती रहेकी कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको एसपी शर्माले बताए।

आदर्श गाउँपालिका-३ नुवाकोट का १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, आदर्श गाउँपालिका-७ दडिबानाका २२ वर्षीय कैलाश बिष्ट, १४ वर्षीय दीपक बिष्ट, सायल गाउँपालिका-६ की ९ वर्षीया सविता कटुवाल घाइते भएका छन्।

उनीहरूमध्ये कैलाश बिष्टबाहेक चार जनाको अवस्था गम्भीर रहेको एसपी शर्माले जानकारी दिए। घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

लघुकथा : लत

२१ असार २०८२ ७:२७

लघुकथा : राजनीति

२१ असार २०८२ ७:२६

कविता : सपनाको उडान

२१ असार २०८२ ७:२८