थाइ लायन एयरको जहाज काठमाडौंमा अवतरण गर्न सकेन, १ घण्टादेखि आकाशमै घुम्दै
काठमाडौं । थाइल्याण्डको बैंककबाट आएको थाइ लायन एयरको जहाज काठमाडौंमा अवतरण गर्न सकिरहेको छैन । १ बजेर ३४ मिनेटमा अवतरण गर्ने अनुमानित समय निर्धारण गरिरहेको भए पनि यो विमान पौने ३ बजेसम्म पनि नेपालको आकाशमै घुमिरहेको छ ।
विमान अवतरण गर्न नसक्नुको मुख्य कारण आकाशमा हावाको गति अधिक हुनु भएको बताइएको छ । उडान संख्या एसएस २२० भएको यो विमान थाइल्याण्डबाट उड्दा यो नेपालमा १ बजे नै अवतरण गर्ने अनुमान गरिएको थियो ।
नेपालको एयरस्पेसमा प्रवेश गर्दा १ बजेर ३४ मिनेटमा अवतरण गर्ने अनुमान गरिए पनि यो विमान १ घण्टाभन्दा बढी समयका लागि ओभरसुट भएको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment