लागूऔषधसहित चार जना पक्राउ

डिसी नेपाल
१० असार २०८२ १८:३९
136
Shares

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषध (ट्रमाडोल) सहित चार जनालाई पक्राउ गरेको छ। तीन जनालाई वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० नयाँ गाउँबाट र एक जनालाई वीरेन्द्रनगरकै गौरीशंकरबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा कालिकोटको रास्कोट नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–२ मा बस्दै आएका १८ वर्षीय सुनिल शाही, कालिकोटकै तिलागुफा गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–२ मै बस्ने १९ वर्षीय नवराज बोहरा र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–३ मा बस्ने १८ वर्षीय दिनेश विष्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार लागुऔषध (ट्रमाडोल) को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १७३ ट्याब्लेट ट्रमाडोल बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।

यस्तै वीरेन्द्रनगरकै गौरीशंकर टोलबाट पक्राउ परेका ४८ वर्षीय श्याम कुमार श्रेष्ठको साथबाट १ ग्राम २८० मिलिग्राम लागूऔषध बरामद गरिएको बुढाथापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.