टीकाथली क्षेत्रमा भीषण वर्षा, सावधानी अपनाउन आग्रह

डिसी नेपाल
११ असार २०८२ ७:२३
308
Shares

काठमाडौं। ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ।

जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ।

विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स-साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.